गौरी शंकर डेण्टलको प्राविधिक सहयोगमा दाँत शिविर सम्पन्न

Image
Nisarga Hospital

धनगढी: हिमालयन गौरीशंकर डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा दाँत शिविर सम्पन्न भएको छ ।सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर १५ कनरीमा रहेको जनजागृति आधारभुत विद्यालयमा दाँत शिविर सम्पन्न गरिएको हो ।

CP Hospital Dhangadhi

दाँत शिविरमा विद्यार्थी,अभिभावक, शिक्षक,व्यवस्थापन समितिका पदाधिकारीहरु गरि कुल १२५ जनाको दाँतको चेक जाँच तथा उपचार गरिएको जनाइएको छ । विद्यार्थी र अभिभावकलाई निशुल्क ब्रस र औषधी वितरण गरि जटिल समस्या भएका विरामीलाई क्लिनिकमा आइ उपचार गरेमा २५ प्रतिश छुट दिइने बताइएको छ ।
धनगढी मेनरोड चौधरी बुक डिपो गल्लीमा विगत लामो समयदेखि संचालनमा रहेको हिमालयन गौरी शंकर डेन्टल क्लिनिकले विभिन्न समयमा निशुल्क दाँत शिविर गर्दै आएको छ ।

जनजागृति आविका सुचना अधिकारी लक्ष्मण टमाटाले विद्यार्थी, शिक्षक र अभिभावकका दाँत सम्बन्धि समस्याहरु पहिचान गरि समयमै उपचार गर्ने उद्देश्यले हिमालयन गौरीशंकर डेण्टलको प्राविधिक सहयोगमा निशुल्क दाँत शिविर आयोजना गरिएको बताए ।

अभिभावक सह्रानी चौधरीले दाँत शिविर आयोजना गरेकोमा खुसी व्यक्त गर्दै आर्थिक अभावमा दाँतको चेक जाँच तथा उपचार गर्नबाट बञ्चित भएका विद्यार्थी र अभिभावकले निशुल्क सेवा पाएको बताइन् । उनले यस्ता अन्य स्वास्थ्य सम्बन्धि शिविरहरू संचालन गरिनु पर्ने बताइन् ।

हिमालयन गौरीशंकर डेण्टलका प्रवन्ध निर्देशक रतन एस.के ले ग्रामीण क्षेत्रका विद्यार्थी र अभिभावकमा दाँत सम्बन्धि चेतनाको अभावमा विभिन्न समस्याहरु देखिएकाले गाउँ केन्द्रित स्वास्थ्य शिविर आयोजना गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले शिविरमा विद्यार्थी र अभिभावकलाई निशुल्क ब्रस,औषधी वितरण गरि आवश्यक परामर्श दिइएको वताए ।