
अत्तरियाः नेपाल ( एमाले) गोदावरीका पुर्ब मेयर हरि सिँह साउँद केन्द्रिय सल्लाहकार परिषदमा मनोनीत भएका छन् ।

केही दिन अघि बसेको एमाले सचिबालयको बैठकले उनलाई सल्लाहकार परिषदमा मनोनीत गरेको हो । साउँदले यस अघि प्रदेश उपाध्यक्षमा दाबी गरेका थिए ।
तर पछि नेताहरूको दबाबमा ब्याक भएका थिए । त्यस यता उनि प्रदेश कमिटीको सदस्यमा पनि परेका थिएनन् ।




केही दिन अघि मात्रै साउँदले महासचिव शंकर पोखरेललाई भेटेर पार्टी भित्र जिम्मेवारी दिन आग्रह गरेका थिए । साउँद महासचिव पोखरेलसंग निकट नेता हुन ।
उनी संगै सुदुरपश्चिमबाट केन्द्रिय सल्लाहकार परिषदमा दलबहादुर रावल , शारदा भट्ट , लश्मी प्रसाद जोशी , नारायण मलासी, दिपक प्रकाश भट्ट , गणेश सिँह धामी र पुरन सिँह दयाल रहेका छन् ।


































