सुनचाँदी किन्न भनी बजार जाँदै हो भने जानकारी लिनुहोस् आजका लागि तोकिएको बजार मूल्य विवरण

Image
Nisarga Hospital

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।

CP Hospital Dhangadhi

शुक्रबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला सात सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय २० रूपैयाँमा काराबोर भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ३० रूपैयाँमा कारोबार भएको थियो।

Dhnagadhi & Krishanapur