डेउडा प्रतिष्ठान बेङ्लोरको दोस्रो बार्षिकोत्सब सम्पन्न

Image
Nisarga Hospital

डेउडा प्रतिष्ठान भारत शाखा बेङ्लोरको दोस्रो बार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi

बिबिध कार्यक्रमका साथ सम्पन्न भएको बार्षिकोत्सव समारोहमा भारतको कर्णाटक राज्य भित्र रहेका दर्जनौं डेउडा कलाकारहरुको उपस्थिति रहेको थियो । बार्षिकोत्सव समारोहमा विभिन्न कलाकारहरुले एकल गायन , नृत्य , प्रहशन , डेउडा दोहोरी लगायतको प्रस्तुति प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा संस्थाका गतिविधि प्रस्तुत गर्नुका साथै आगामी नयाँ कार्यक्रमका बारेमा समेत संस्थागत गतिविधि प्रस्तुत गरिएको डेउडा प्रतिष्ठान भारत शाखा बेङलोरका बरिष्ठ उपाध्यक्ष बिरेन्द्र साउँदले बताउनु भयो ।

nawajiwan
Attariya Hospital

डेउडा प्रतिष्ठान भारत शाखा बेङ्लोरका अध्यक्ष करन बि.क.को अध्यक्षतामा भएको दोस्रो बार्षिकोत्सबको प्रमुख अतिथि समाजसेवी जे.बि. चन्द रहनु भएको थियो भने विशिष्ट अतिथिमा समाजसेवी भरत बिष्ट ,राजेश रावल ,भुमिराज पुजारा रहनु भएको थियो । कार्यक्रमको सञ्चालन प्रथम उपाध्यक्ष सुदर्शन थापाले सञ्चालन गर्नु भएको थियो भने स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष बिरेन्द्र साउँदले गर्नु भएको थियो ।