गाउँपालिकाको प्रमुख आथित्यतामा केदारस्यु ४ सुदाडाको गौरापर्ब सम्पन्न

Image
Nisarga Hospital

समीर मल्लः सुदूरपश्चिमको मौलिक चाड गौरापर्व बझाङ जिल्लाको केदारस्यु ४ मा भब्यताको साथ सम्पन्न भयको छ।

CP Hospital Dhangadhi

बर्सेनि सुदूरपश्चिम भरी मनाउने गरेको गौरापर्ब बझाङ केदारस्यु ४ को सुदाडामा पनि मनाउने गरियको गौरापर्ब मा स्थानीय सरकारका पदाधिकारी गाउपालिका अध्यक्ष गणेश बोहरा प्रमुख अथिती रहेको उक्त कार्यक्रममा गाउपालिका उपाध्यक्ष मनिसा धामी सोही गाउपालिका वडा २ का अध्यक्ष शेर ब बिस्ट वडा ५ का अध्यक्ष मोहन ठगुन्ना युवा राजनीतिज्ञ भरत मल्ल र स्थानिय बुद्धिजीवी ,युवा समाजसेवी, राजनितीज्ञ महिला, बुढापाका, तथा बालबालिका हरुको उत्साहपुर्ण उपस्थीती रहेको थियो ।

पाहुना कलाकार केसरी बोहरा र सत्यराज धामि र स्थानिय कलाकारहरूको उपाथितिमा खेलियको देउडा खेलमा उपस्थित बुवाआमा , दाजुभाइ , तथा दिदिबहिनिहरु निकै उत्साहित भयका थिय ।

nawajiwan
Attariya Hospital

साथै कार्यक्रममा आयोजकको तर्फबाट समीर मल्लले कुरा राख्दै गाउपालिका टिमलाई धन्याबाद दिनुको साथै गौरा खेल खेलाउन खेलमैदानको स्थरबृद्धिका बिसयमा प्रस्ताब पनि राखियको र गाउपालिकाको तर्फबाट अध्यक्ष ज्युले सहयोग गर्ने बचनबद्द्ता ब्यक्त गर्नो भयको थियो।

गौरा ब्यबस्थापन समितिका अध्यक्ष हिक्मत मल्लको कार्यक्रममा ब्यबस्थापन सोही गाउका युवा सन्तोष मल्ल , रमेश मल्ल, हर्क ब मल्ल , कम्मान मल्ल , किशोर मल्ल , रमेश भट्ट , गज ब मल्ल , रबिन्द्र मल्ल लगायत सबैले आआफ्नो ठाउबाट सहयोग गरेका थिय भने कार्यकर्मको सहजीकरण समीर मल्लले गर्दै कार्यक्रमको समापन गरियको थियो