अत्तरिया मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Image
File Photo
Nisarga Hospital

अत्तरिया : कैलालीको अत्तरियाबाट धनगढी तर्फ जादैँ गरेको मोटरसाइकल दुर्घटना भएको छ।

CP Hospital Dhangadhi

जिल्लाको गोदावरी नगरपालिका–१ मा रहेको अत्तरियाको विद्युत कार्यालय नजिक अत्तरिया–धनगढी सडक खण्डमा अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ९९९८ नम्बरको मोटरसाइकल शुक्रबार राति ९ः३० बजेको समयमा आफै अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको हो।

Attariya Hospital

मोटरसाइकल पल्टिदा चालक गम्भिर घाईते भएका थिए। उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढी ल्याइएकोमा रातिनै १०ः२५ बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चालकको नामथर, वतन नखुलेको प्रहरीले बताएको छ ।

nawajiwan