शोकमा डुब्यो बैतडीको चौखाम गाउँ : चौखाम स्थित सिगास मन्दिरमा जाँत (जात्रा) नहुने

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi

बैतडीको सिगास गाउँपालिका वडा नं. ९ स्थित चौखाम गाउँ शोकमा डुबेको छ । चौखाम सेलास बस्ने झुप्री देवी धामीको आज बिहान ४:३० मिनेटमा निधन भएपछि चौखाम गाउँ शोकमा डुबेको हो । यसैबिच चौखाम स्थित सिगास मन्दिरमा आज २४ गते राती रतेडी र भोलि २५ गते दिउँसेडी हुने जाँत (जात्रा) नहुने भएको छ ‌ । चौखाम स्थित धामी परिवारमा जुठो परेका कारण जात्रा नहुने वडा नं. ९ का वडा अध्यक्ष कृष्ण सिंह धामीले जानकारी दिनुभयो ।

सिगास गाउँपालिका वडा नम्बर ९ चौखाम सेलास बस्ने झुप्रीदेवी धामीको आज बिहान ४:३० मिनेटमा निधन पछि जुठो परेका कारण सामाजिक परम्परा अनुसार जाँत (जात्रा) नमनाउने गरिएको जनाएको छ ।

nawajiwan

दशैँको रौनक सँगै असोज शुक्ल अष्टमीमा पूजाआजाका साथ चौखाम स्थित सिगास मन्दिरमा जाँत मनाउने चलन रही आएको छ । असोज शुक्ल चतुर्थीका दिन देखि मन्दिरमा पूजाकार्य विधिवत् रूपमा शुभारम्भ भई आज २४ गते “चौखाम मन्दिरमा” जाँत हुने निश्चित भएको थियो ।

Attariya Hospital

हरेक वर्ष असोज / कात्तिक महाअष्टमीको दिन लाग्ने सिगास गाउँपालिका वडा नं. ९ को प्रमुख तथा प्रसिद्ध धार्मिकस्थल “सिगास मन्दिरमा” यस वर्ष पहिलो पर्व असोज शुक्ल अष्टमीको दिन जाँत हुने भएकोमा जुठो परेका कारण छुटेको छ ‌ ।

चौखाम स्थित “सिगास मन्दिर” सिगास गाउँपालिका भरिकै सुप्रसिद्ध धार्मीक स्थलको रूपमा परिचित रहेको छ ।जात्रा हुने भएसँगै “सिगास मन्दिरमा” दर्शनार्थी तथा श्रदालु भक्तजनहरू सहित जात्राको चहलपहल बढेको थियो । चौखाम मन्दिरमा पूजाआजा सहित दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । उक्त मन्दिरमा जात्रा भर्न सिगास गाउँपालिका सहित छिमेकी जिल्ला बझाङ, डडेलधुरा, डोटी सहित तराइका जिल्लाबाट समेत श्रदालु भक्तजन आउने गरेका छन् ।

यता सिगास गाउँपालिकाको सुप्रसिद्ध धार्मीक स्थल देउलेक मन्दिरमा पनि जाँत (जात्रा) नहुने भएको छ । वडा नं. ४ मा अवस्थित देउलेक मन्दिरमा यहि असोज २४ गते असोज शुक्ल अष्टमीको दिन हुने जाँत (जात्रा) साउद परिवारमा जुठो परेका कारण नहुने जनाइएको छ ।