
नेपाली चलचित्र ‘१२ गाउँ’ लिक भएको छ । ‘समिर भट्ट फ्यान’ नामक युट्युब च्यानलमार्फत् चलचित्र ‘१२ गाउँ’ लिक भएको हो ।

उक्त च्यानलले ४ घण्टा अघि चलचित्र ‘१२ गाउँ’ को हल प्रिन्ट युट्युबमा अपलोड गरेको देखिन्छ ।




अभिनेता विराज भट्टको चलचित्र ‘१२ गाउँ’ बडादशैंको फूलपातीका दिनबाट हलहरूमा लागेको थियो ।
चलचित्र ‘१२ गाउँ’ सँगै दिपकराज गिरीको ‘छक्कापञ्जा–५’ र जितु नेपाल अभिनीत चलचित्र ‘ज्वाईँ साहेब’ पनि फूलपातीबाटै प्रदर्शनमा आएका थिए ।चलचित्र ‘१२ गाउँ’ बाट अभिनेता विराज भट्ट ले छोरा समिरलाई ‘डेब्यु’ गराएका छन् ।


































