प्रहरी दिवसको अवसरमा प्रहरी निरीक्षक रावतसहित ५ प्रहरी सम्मानित

Image
Nisarga Hospital

प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक छत्र बहादुर रावतसहित ५ प्रहरी सम्मानित भएका छन् ।

CP Hospital Dhangadhi

उत्कृष्ठ कार्य सम्पादन गर्ने ५ जना प्रहरी कर्मचारी ६९ औँ प्रहरी दिवसको अवसरमा एक समारोहका बीच सम्मानित भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कान्ति राज जोशीले जानकारी दिए ।

सम्मानित हुनेमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी निरीक्षक छत्र बहादुर रावत, प्रहरी नायव निरीक्षक केशव खत्री शर्मा, प्रहरी चौकी हीकिलामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार कृष्ण बहादुर कामी, अस्थायी प्रहरी पोष्ट पुलघाटमा कार्यरत प्रहरी हवल्दार जयराज पन्त र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी सहायक हवल्दार बीर बहादुर साउँद रहेका छन् । उनीहरुलाई विशेष समारोहमा प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सम्मान पत्रद्धारा सम्मानित गरेका हुन् ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

एक पाईलो वाट साभार

Dhnagadhi & Krishanapur