
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ मा निर्माण कार्य सम्पन्न बडेहाँ बिजौरा खानेपानि आयोजनाको उद्घाटन भएको छ ।

२०७५ सालबाट निर्माण शुरु भएको आयोजनाको निर्माण कार्य सम्पन्न भएसंगै बिहीबार उद्घाटन गरिएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्रालयको करिब १२ करोड २९ लाख लागतमा खानेपानि आयोजना निर्माण भएको बडेहाँ बिजौरा खानेपानि उपभोक्ता तथा सरसफाई समितिका सचिव मान बहादुर बलायरले बताए । निर्माण सम्पन्न भएसंगै सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्रि सुरेन्द्र बहादुर पालले भव्य कार्यक्रमका बिच उद्घाटन गरेका छन ।
कार्यक्रममा मन्त्री पालले मानव जीवनमा खानेपानीको महत्व उच्च रहेकोले यसको संरक्षण र सम्बद्र्धनमा सबै लाग्नुपर्ने बताए । उनले खानेपानी सञ्चालन मात्र नभई यस क्षेत्रका बासिन्दाहरु, उपभोक्ता समिति लगायत व्यक्तित्वहरुले यसको सही सदुपयोग सँगै विकास निर्माण कार्यमा सहजताका लागी एकजुट भएर लाग्नुपर्ने बताए । ‘पहिलो प्राथमिकता विकास निर्माणका योजनाहरुलाई छिटो भन्दा छिटो कार्यान्वयन गर्ने तरिकाले लागी परेको छु ।’ उनले विकासको क्षेत्रको आवश्यकतामा सदैव साथ सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर बमले शुद्ध पानीको अभावका कारण लाग्न सक्ने रोगहरू संग लड्न सक्ने स्वच्छ खानेपानी यस बिजौरा बड़ेहा बासीले प्राप्त गरेको बताए । स्वच्छ खानेपानीका लागि सिंगो उपभोक्ताहरुको चासो र चिन्ता रहन आवश्यक भएको बताए । ‘स्वच्छ खानेपानी उपभोग गर्न पाउनु मानिसको आवश्यकता रहेकाले समितिमा वस्नेहरुले खानेपानीको स्वच्छतामा ध्यान दिन आवश्यक छ’, उनले भने । उनले खानेपानी, शिक्षा, भौतिक, सडक विकास लगायत विभिन्न क्षेत्रमा आवश्यकताहरू फरक–फरक हुन्छन् त्यसैले समग्र क्षेत्रको विकासको लागी धर्य गर्न आवश्यक रहेको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयको करिब १२ करोड २९ लाख लागतमा खानेपानी आयोजना निर्माण भएको बडेहाँ बिजौरा खानेपानि उपभोक्ता तथा सरसफाई समितिका सचिव मानबहादुर बलायरले बताए । खानेपानी आयोजना निर्माणका लागि भागेश्वर स्कुलले २ कट्टा जमिन उपलब्ध गराएको हो । खानेपानीको ४२ किलोमिटर पाईपलाईन विस्तार गरिएको छ भने ६ सय ५ जना उपभोक्ता रहेका छन् ।

खानेपानि आयोजना निर्माण कार्यमा सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्दै समितीका अध्यक्ष बलबहादुर चौधरीले उद्घाटन कार्यक्रममा बताएका छन् । उनले खानेपानि आयोजना निर्माणका लागि भागेश्वर स्कुलले २ कट्टा जमिन उपलब्ध गराएको बताउदै निर्माण कार्यमा सहयोग गर्ने सम्पुर्णलाई समेत सम्मान गरेका छन ।
खानेपानिको ४२ किलोमिटर पाईपलाईन विस्तार गरिएको छ भने ६ सय ५ जना उपभोक्ता रहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको लगानि र जिल्ला खानेपानि डिभिजन कार्यालय अन्तर्गत उक्त खानेपानि निर्माण भएको समितिका सचिव बलायरले बताएका छन् ।
खानेपानीबाट गोदावरीको वडा नम्बर १ र ६ का बडेहा, भुँयारा, नहरटोल, कुटीकटान, बिजौरा, चैतन्यपुर, सालघाडी र गेटाका करिब २५ सय घरधुरी लाभान्वित हुने छन् । बिगतका दिनमा खोला नालाको दुषित पानि र नल्काको पानि पिउन बाध्यता रहेका स्थानियहरु बडेहाँ बिजौरा शुद्ध खानेपानि निर्माण भएर घरघरमा धारा जोडिने भएपछि निकै हर्षित भएका छन् ।
स्थानीय व्यक्ति सिद्ध बोहराले कार्यक्रम सञ्चालन गरेको सभामा स्वागत मन्तव्य हरि माया कठायतले गरेकी थिइन् । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटा, गोदावरी नगरपालिका नगर उप प्रमुख शारदा रोकाया, गोदावरी नगरपालिका नगर प्रवक्ता गोपाल दत्त भट्ट, अत्तरिया खानेपानीका अध्यक्ष टीकादत्त जोशी, पूर्व राज्यमन्त्री चुनकुमारी चौधरी, गोदावरी नगरपालिका वडा नं १ का पूर्व वडा अध्यक्ष शर्मानन्द भट्ट लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी व्यक्तिहरूको सहभागिता रहेको थियो ।


































