
जनक बोहरा/बाजुरा: नेपाल तरुण दलको ७१ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरिएको छ ।शनिबार अस्पतालमा उपचाररत विरामीहरुको स्वास्थ्य लाभको कामना सहित विरामीलाई फलफुल वितरण गरेको नेपाल तरुण दल बाजुराका निवर्तमान अध्यक्ष कुम्भनाथ योगीले जानकारी दिएका छन् ।
२०१० सालमा विधिवत रुपमा स्थापना भएको तरुण दलले आज देशभर विभिन्न कार्यक्रमम गरी मनाई रहेको छ । स्थापना दिवसमा तरुण दल जिल्ला कार्य समिति बाजुराले अस्पतालका २० जना बढी विरामीलाई फलफुल वितरण गरिएको निवर्तमान अध्यक्ष नाथले बताएका छन् ।
काँग्रेसको खम्बाका रुपमा रहेको तरुण दल रहेको छ । पार्टी निर्माण देखि पार्टीलाई आरोह र अवरोहमा सहयोग गर्दै आएको तरुण दल स्थापना भएको ७१ वर्ष पुरा गरी ७२ औं वर्षमा प्रवेश गरेको छ ।
स्थापना दिवसमा नेपाली काँग्रेसका पुर्व उपसभापति देवबहादुर रोकाया,पुर्व जिल्ला कार्य समिति सदस्य उमा रोकाया,किसान संघ बाजुराका अध्यक्ष टेकबहादुर खत्री,नेविसंघ केन्द्रीय सदस्य भरत बुढा लगायतका नेता तथा कार्यकर्ताहरु कार्यक्रममा सहभागी थिए ।




































