गोदावरी -७ को लालपुरमा दशैं तिहारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं ७ को गौडी बजारमा दशैं तिहारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना सम्पन्न भएको छ ।

CP Hospital Dhangadhi

दिपशिखा युवा क्लबले आयोजना गरेको सांस्कृतिक कार्यक्रम बिगत बर्ष झै यस पाली पनि संचालन गर्दै गरेको र फुर्सदिलो समयमा गाउँबासी तथा युवापुस्ताहरु मनोरञ्जनपूर्ण बनाउन आफूहरु लागि परेको जानकारी संस्थाका अध्यक्ष दीर्घ साउदले बताएका छन ।

nawajiwan

सांस्कृतिक कार्यक्रमलाई उद्घाटनका लागि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यमा संसालित कार्यक्रमको सभापतित्व वरिष्ट समाजसेवी तथा शिक्षा विज्ञ गौरीलाल ओझाले गरेका थिए । कार्यक्रममा बिशिष्ट अथितिमा गोदावरी नगरपालिकाका नगर प्रबक्ता तथा वडा न. १ का वडा अध्यक्ष गोपाल दत्त भट्ट, वडा न. ७ का वडा अध्यक्ष कलावती साउँद, सांगितिक रुपमा सबैलाई रमाईलो पार्न लोक पप देउडा गायक चक्र बम, नेकपा एमाले गोदावरी नगर सभापति सन्तोश सिंह, समाजसेवी गणेश जिमी साउद, लगायत अत्तरिया उद्योग बाणिज्य प्रतिनिधि तथा स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो ।

औपचारिक कार्यक्रमको उद्घाटन सत्रमा गोदावरीको समग्र विकास र पालिकाको आर्थिक स्रोतले भ्याए सम्म सबै ठाउँको बिकासका लागि आफू निरन्तर लागि परेको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।
पछिल्लो समय गोदावरी नगरपालिकाले विकासका पूर्वाधार देखाउने भन्दा पनि शिक्षा, स्वास्थ्ये र कृषिलाई प्राथमिकताका साथ काम अगाढी बढाउदै गएको समेत बताएका छन ।

Attariya Hospital

विकास गर्नका लागि धेरै पूजी हाम्रो पालिकामा नहुदा चाहेर पनि भने जस्तो योजना बिनियोजन नसक्दा आफूलाई दुःख समेत लागेको बताएका छन ।

सांस्कृतिक कार्यक्रममा लोकपप देउडा गायक चक्र बमको जन्म थलो नै यही लालपुर रहेकोले सबै गाउँबासीलाई दशैं तिहार र छठ पर्वको शुभकामना सँगै सांस्कृतिक मनोरञ्जन दिएका थिए । बुढा पाखा देखि युवा जमातको भरपुर साथ पाएका गायक मल्ल आफ्नै गाउँमा नाच्दै गाउदै रमाएका थिए ।

oplus_131074

युवा क्लबले बिभिन्न बिधामा काम गरेका एव समाज परिवर्तनका लागि योगदान दिनु भएकालाई समेत सम्मान कार्यक्रम गरेको अध्यक्ष दिर्घ साउदले बताएका छन ।

समाजमा संस्कृती जोगेर्नाका लागि महिला समूहहरुले रनपुतला गित तथा नाचले थप मनोरञ्जन दिएको थियो भने, बिभिन्न डान्स क्लवले नृत्य प्रस्तुत गरेर सबैलाई मनोरञ्जन पुर्ण बातावरण बनेको थियो ।

oplus_131074
oplus_131074
oplus_131074