डोनाल्ड ट्रम्पद्वारा आफू विजयी भएको घोषणा

Image
Nisarga Hospital

फ्लोरिडाः रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन्। उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँग स्टेजमा पुगेका थिए । ट्रम्पले भने, ‘हामी हाम्रो देशलाई पुनः प्राप्ति गर्न मद्दत गर्नेछौँ।

CP Hospital Dhangadhi

यो अमेरिकाको लागि स्वर्ण युगू हुनेछ।’ उनले थपे, ‘यो अमेरिकी जनताका लागि ठुलो जीत हो। जसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन सक्षम बनाउँछ।’ ट्रम्पको अभियानको नारा थियो– मेक अमेरिका ग्रेट अगेन । यसको मतलब अमेरिकालाई फेरि महान् बनाउनु हो। ट्रम्पले आफ्नो जितको पनि घोषणा गरेका छन् । यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन । ट्रम्पले भने, ‘अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली बहुमत दिएको छ।’

Attariya Hospital

ट्रम्पले फ्लोरिडामा रहेको चुनावी मुख्यालयमा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका हुन्। उनको कुरा सुन्न यहाँ ठुलो सङ्ख्यामा मानिसहरू आएका छन् ।

nawajiwan