
समय आयो हामीलाई सँगै बनायो ।

त्यही समयले हामीलाई उस्तै बनायो।।
बन्दै थियो मायाको घर

पापी नजरले न घरको न घाटको बनायो ।
एक पल तिमि लाई न देख्दा आतिने मन
समयले आज एक्लै जिउने बनायो।
माटो तेहि छ बाटो तेहि कारणवश

मलाइ तिम्रो सामु आन्जान बनायो ।
रहर तेहि छ चाहाना अनि गन्तव्य
बस सहयात्रीले बाटो अन्तै बनायो ।
समयले उस्तै बनायो एक्लो थिये साथ पाये
अनि खुसी थिए फेरि तेहि ठाउँले एक्लो बनायो ।
(गजल)
✍️गोजो






























