
रुसले क्यान्सरविरुद्धको खोप निर्माण गरेको पुष्टि गरेको छ। रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले क्यान्सरको खोप बनाउन सफल भएको जनाएका छन्।


रुसले यो खोजलाई शताब्दीकै ठूलो आविष्कारको रूपमा प्रस्तुत गरेको छ।
सन् २०२५ को सुरुमा यो खोप सार्वजनिक गरिनुका साथै नागरिकलाई निmशुल्क वितरण गर्ने तयारी भइरहेको छ।
रुसले उक्त खोजलाई ‘एमआरएनए’ प्रविधिमा आधारित पहिलो खोपका रूपमा विकास गरेको जनाएको छ।
परीक्षणहरूमा यो खोपले ट्युमर वृद्धि हुनबाट रोक्न मद्दत गरेको देखाएको छ।
सन् २०२४ को सुरुमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्यान्सरको खोप निर्माणको नजिक पुगेको बताएका थिए।
यो खोप विगतका खोपभन्दा छिटो एन्टिबडी बनाउन सक्षम रहेको दाबी गरिएको छ।
विश्व स्वास्थ्य संगठन–डब्लूएचओका अनुसार प्रत्येक मिनेटमा क्यान्सरबाट १७ जनाको ज्यान जाने गरेको छ। यो खोपले क्यान्सरविरुद्ध प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।































