भीम रावल निष्कासनको सुदुरपश्चिममा आलोचना: पुर्ब मन्त्री देखी सांसद रावलको पक्षमा

Image
Nisarga Hospital

अत्तरियाः पार्टी केन्द्रीय सचिवालयको निर्णयविरुद्ध एमालेका पूर्वउपाध्यक्ष भीम रावलले औपचारिक प्रतिवाद गर्ने भएका छन्। दुई–तीन दिनभित्र पत्रकार सम्मेलन गरेर उनले आफूमाथि लगाइएका आरोपको खण्डन गर्ने र आगामी योजना सार्वजनिक गर्ने तयारी गरेका हुन्।

CP Hospital Dhangadhi

केन्द्रीय सदस्य झपट रावलले भीम रावलमाथिको कारबाहीलाई गम्भीर र दुःखद निर्णय भन्दै यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा धक्का पुर्‍याउने बताएका छन्। “पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास गर्दै आएका अध्यक्षले आज रावलजस्ता नेतालाई जिम्मेवारीविहीन र अन्ततः पार्टीविहीन बनाएर निकालेको कुराले सुदूरपश्चिम मात्रै होइन, देशभर असर पर्नेछ,” उनले भने।

यसैगरी, सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री प्रकाशबहादुर शाहले पनि पार्टी निर्णयको आलोचना गर्दै सहयोद्धालाई कारबाही गर्नु गलत भएको बताएका छन्। “पार्टी एकताबद्ध हुनुपर्ने बेलामा यस्तो निर्णय हुनु दुर्भाग्यपूर्ण हो,” उनले भने।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री कृष्णराज सुवेदीले भीम रावललाई निष्कासन गर्ने कदमलाई केपी ओलीको स्वेच्छाचारी निर्णयको परिणाम भन्दै खेद प्रकट गरेका छन्। “यो तानाशाही प्रवृत्ति हो। सुदूरपश्चिमको राष्ट्रवादी नेतालाई कारबाही गरिनु अत्यन्त निन्दनीय छ,” सुवेदीले भने।

त्यस्तै, एमाले सुदूरपश्चिमका उपसचिव नरबहादुर बी.केले पनि रावलमाथिको कारबाहीलाई गलत कदम भन्दै पार्टी नेतृत्वको निर्णय सच्याउनुपर्ने धारणा राखेका छन्।

पार्टी नेतृत्वले निर्णय सच्याउने माग गर्दै सुदूरपश्चिमका नेताहरूले भीम रावलप्रति ऐक्यबद्धता जनाएका छन्।

Dhnagadhi & Krishanapur