संयुक्त राज्य अमेरिकामा घरबारविहीनता उच्च स्तरमा: सन् २०२४ मा ७.७ लाखभन्दा बढी प्रभावित

Image
Nisarga Hospital

संयुक्त राज्य अमेरिकामा घरबारविहीनता उच्च स्तरमा पुगेको जो बाइडन प्रशासनको नयाँ रिपोर्टले देखाएको छ। संघीय सरकारले यस विषयमा रेकर्ड राख्न थालेको करिब २० वर्षको अवधिमा यो संख्या अहिलेसम्मकै उच्च भएको छ।

CP Hospital Dhangadhi

सन् २०२४ को जनवरीमा एकै रातमा करिब ७ लाख ७२ हजार मानिस घरबारविहीन रहेको तथ्यांक सार्वजनिक भएको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले वृद्धि भएको हो। ब्लुमबर्ग न्युजका अनुसार, २०२३ को तुलनामा यो वृद्धि ३९ प्रतिशतसम्म पुगेको छ, जसमा ८० हजारभन्दा बढी बालबालिकासहितका परिवार पनि छन्।

न्युयोर्क, डेनभर, सिकागो लगायतका शहरहरूमा आप्रवासीहरूको आगमनले आश्रय प्रणालीलाई थप संकटमा पुर्‍याएको छ। सीमामा कमजोर सुरक्षा र आप्रवासीहरूको बढ्दो प्रवेशले पारिवारिक बेघरपन करिब ७ प्रतिशतले बढाएको बताइएको छ। रिपोर्टले आप्रवासीहरूका लागि रोजगारीको अभाव र दुव्र्यसनी जस्ता कारणले पनि घरबारविहीनताको समस्या झन् जटिल बनाएको उल्लेख गरेको छ।

nawajiwan
Attariya Hospital

ह्वाइट हाउस र अमेरिकी आवास तथा सहरी विकास विभागका अधिकारीहरूले राष्ट्रपति बाइडनले शरण सम्बन्धी नियम कडा बनाएपछि यो संकट केही कम हुँदै गएको दाबी गरेका छन्। अधिकारीहरूका अनुसार सीमामा गैरकानुनी रूपमा प्रवेश गर्ने क्रममा उल्लेखनीय कमी आएको छ।

तर, यो समस्याको स्थायी समाधानका लागि थप ठोस उपाय र सहयोग कार्यक्रमहरूको आवश्यकतामा जोड दिइएको छ।