
बझाङको थलारा गाउँपालिका ७ घोडासैनमा एक घरमा आगलागी भएको छ। गएराति करिब १० बजे हरी कृष्ण उपाध्यायको दुई तला ४ कोठे जस्तापाताले छाएको पक्की घरमा आगलागी भएको हो। आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण लत्ता–कपडा र अन्य सामग्री पूर्ण रूपमा नष्ट भएका छन्।

आगलागीको क्रममा घरको भुइँतलामा बाँधिएका एक दुहुना गाईसहित तीन गाई र एक बाच्छो जलेर मरेका छन्। यद्यपि, यस घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ। आगलागी भएको समय सबै परिवार सदस्य गाउँमा रहेको घरमा रहेका थिए।

घटनाबारे प्रहरीलाई आज दिउँसो करिब १:३० बजे सूचना प्राप्त भएको र प्रहरी निरीक्षक रामसिंह बिष्टको कमाण्डमा दुई जनाको टोली घटनास्थलमा खटिएको थियो। आगलागीको कारण के हो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

































