सामाजिक विकास कार्यालय बझाङले दियो दलित समुदायका ८० वर्ष माथिका जेष्ठ नागरिक लाइ न्यानो कपडा

Image
Nisarga Hospital

बझाङः मौसम परिवर्तन सँगै चिसो बढ्दै गएपछि सामाजिक विकास कार्यालय बझाङले सामाजिक रूपमा पछाडि परेका दलित समुदायका जेष्ठ नागरिक लाइ न्यानो कपडा वितरण गरेको छ । छबिसपाथीभेरा गाउँपालिकाका बिभिन्न वडामा रहेका ८० बर्ष माथिका जेष्ठ नागरिक लाइ न्यानो कपडा स्वरूप व्ल्याङकेट ,र उज्यालोको लागी टर्च वितरण गरेको हो ।\

CP Hospital Dhangadhi

जेष्ठ नागरिक सँग सुदूरपश्चिम प्रदेश सरकार जेष्ठ पुस्ताको सम्मान,नया पुस्ता लाइ ज्ञान भन्ने नारा सहित सामाजिक विकास कार्यालयको आयोजनामा छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर १,३ र ४ नम्बर वडाका ३१ जना दलित समुदायका जेष्ठ नागरिक लाइ उक्त न्यानो कपडा वितरण गरिएको सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख प्रयाग राज जोशीले बताउनुभयो । वडा कार्यालय सँगै हिँडडुल गर्न नसक्ने जेष्ठ नागरिक लाइ कार्यालय प्रमुख सहितको टोलिले बिहिवार घरघर मै पुगेर न्यानो कपडा वितरण गरेको हो ।

nawajiwan
Attariya Hospital

न्यानो कपडा पाए पछि चिसोबाट जोगिन राहत मिलेको जेष्ठ नागरिकले बताएका छन् । कार्यालयले प्रदान गरेको सेवा लिनु भएकी हिँडडुल गर्न समस्या हुने ज्येष्ठ नागरिक ११० वर्षीया बिसु थापाले घरमै आएर जाडोको मौसममा न्यानो कपडा अन्तर्गत व्ल्याङकेट दिएकोमा खुसी व्यक्त गरिन्‌ । उनले भनिन्, ‘जाडोमा न्यानो कपडा दिनुभयो, खुसी लागेको छ, धेरै–धेरै धन्यवाद भन्न चाहन्छु ।’