सुदूरपश्चिम प्रदेशस्तरीय लोक सांस्कृतिक महोत्सवको भव्य समापन

Image
Nisarga Hospital

धनगगढीः सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानले लोक सांस्कृतिक समाज फुलबारीसंगको सहकार्यमा पुष २३ गतेदेखि धनगढीस्थित फूलबारीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय लोक सांस्कृतिक महोत्सव सनिबार सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

लोक सांस्कृतिक महोत्सव एक भव्य समारोहका बिच सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा। टीएन जोशीको सभापतित्वमा र प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
महोत्सव समापन समारोहमा बोल्दै राज्यमन्त्री खड्काले सुदूरपश्चिम कला र संस्कृतिको भण्डार भएको बताए। उनले सुदूरपश्चिम लाई सुदूर भन्न नहुने बताऊदै यो प्रदेश सुन्दर पश्चिम भएको बताए।
उनले सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानले गरिरहेको प्रशंसनीय कार्यप्रति धन्यबाद ब्यक्त गर्दे राज्यले प्रतिष्ठानलाई स्वायत्त र सम्पन्न बनाउन सके प्रदेशको सांस्कृतिक उन्नयनमा थप बल पुग्ने विश्वास पनि ब्यक्त गरे। 

सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा। टीएन जोशीले समृद्ध सुदूरपश्चिमको अभियानलाई अगाडि बढाउन प्रतिष्ठानले सांस्कृतिक प्रबर्द्धनमा जोड दिएको बताए। उनले प्रतिष्ठानलाई यस प्रदेशको प्राज्ञिक र सांस्कृतिक उन्नयनमा अगाडि बढाउन आफू प्रयासरत भएको बताए।
समाप समारोहमा नेपाली काङ्ग्रेसका नेता भीम पडाल, धनगढी( १८ का वडाध्यक्ष भुवन रिजाल, १४ का वडाध्यक्ष मानबहादुर बिष्ट
लोक सांस्कृतिक समाज फुलबारीका अध्यक्ष तिलक बहादुर ओलीलगायतले महोत्सवको भव्य सफलताको शुभकामना व्यक्त गरे।

nawajiwan
Attariya Hospital

समारोहमा बिभिन्न संस्कृति झल्किने झाँकी प्रस्तुत गरिनुका साथै बाजुरा र बझाङको भुवा खेल, तामाङ समुदायको तामाङ सेलो, डेउडा, ठाडी भाका, फाग, माङल, हुडकेली, पञ्चेबाजा र थारू समुदायको लोकप्रिय नृत्य सखिया प्रस्तुत गरिएको थियो।

सुदूरपश्चिम प्रज्ञा(प्रतिष्ठानका उपकुलपति डा। टीएन जोशीले महोत्सवमा पाँच दिनसम्म प्रदेशको संस्कृति झल्किने गरि लोकनृत्य र लोकगायन र लोकबाजा प्रस्तुत गरिएको बताए। कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारको पनि बेजोड प्रस्तुति रहेको बताइएको छ। महोत्सवमा हज्जारौ दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो समापन समारोहमा महोत्सव सफल पार्न योगदान पुर्याउने बिभिन्न ब्यक्तित्वहरूलाई सम्मानित समेत गरिएको थियो।