हमास-इजरायल युद्धविरामको सहमति

Image
Nisarga Hospital

हमास र इजरायलबीच १५ महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको सहमति भएको छ, जसले आइतबारदेखि लागू हुने छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले यसको घोषणा गर्दै हमासले बन्दी बनाएकाहरूको रिहाइ र गाजाबाट इजरायली सेना हट्ने जानकारी दिएका छन्।

CP Hospital Dhangadhi

संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटिरेसले युद्धबाट पीडितहरूलाई राहत र सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन्। तर, आइतबार युद्धविराम लागु हुने भनिए पनि बुधबारसम्म इजरायली आक्रमण जारी रहँदा २० जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा १,२०० जनाको मृत्यु र २५१ जनाको बन्दी बनाइएको थियो। प्रत्याक्रमणमा इजरायली हमलाबाट ४६,००० भन्दा बढीको मृत्यु भएको छ। हालसम्म ९४ बन्दी रिहा हुन बाँकी छन् भने ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ।

nawajiwan
Attariya Hospital

युद्धविरामपछि गाजामा खुसीयाली छाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेन र निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्।

युद्धविरामलाई जर्मनीका चान्सलर ओलाफ स्कोल्ज, स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेज, राष्ट्र संघीय महासचिव एन्टेनियो गुटिरेस, र युरोपियन कमिसनका प्रमुख उर्सुला भान डेर लियोनले स्वागत गरेका छन्।