योगगुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध भारतमा पक्राउ पुर्जी जारी

Image
Nisarga Hospital

भारतको पालक्कड जिल्ला अदालतले योगगुरु रामदेव र उनका सहयोगी आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। टेलिग्राफ इन्डियाका अनुसार, रामदेवको पतञ्जलि आयुर्वेदिक कम्पनीले औषधिबारे भ्रामक विज्ञापन गरेको आरोपमा तीन वर्षअघि दर्ता भएको उजुरीका आधारमा यो कदम उठाइएको हो।

CP Hospital Dhangadhi

एक चिकित्सकले पतञ्जलिले आफ्नो उत्पादनको विज्ञापनमा भ्रम फैलाएको भन्दै उजुरी दिएका थिए। उजुरीमा पतञ्जलिले औषधिबारे गलत जानकारी दिँदै उपभोक्तालाई प्रभावमा पार्ने प्रयास गरेको आरोप लगाइएको छ।

Attariya Hospital

अदालतको यस आदेशले पतञ्जलि आयुर्वेद र यसको संस्थापकहरू रामदेव र बालकृष्णको विवादास्पद गतिविधिहरू फेरि चर्चामा ल्याएको छ। यस विषयमा रामदेव र बालकृष्णको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन।

nawajiwan

यो घटना पतञ्जलि आयुर्वेदिक कम्पनीको उत्पादनका दाबी र तिनको वैज्ञानिक आधारमाथि पटकपटक उठ्दै आएका प्रश्नहरूको पछिल्लो उदाहरण हो।