
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको शपथ ग्रहणपछि आफ्ना प्राथमिकताहरू स्पष्ट गर्दै मेक्सिकोसँगको सिमाक्षेत्रमा राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। ट्रम्पले गैरकानुनी आप्रवासन रोक्न कडा कदम चाल्ने बताएका छन्।
मुख्य घोषणाहरू:
- सिमाक्षेत्रमा संकटकाल घोषणा:
- गैरकानुनी प्रवेश रोक्न सिमाक्षेत्रमा तत्काल प्रभावकारी उपायहरू अपनाइने।
- सिमानामा सेना पठाउने निर्णय।
- “क्याच एन्ड रिलिज” नीतिको अन्त्य।
- आप्रवासी नीति:
- रिमेन इन मेक्सिको नीति पुनर्स्थापना:
आप्रवासीहरूलाई अध्यागमन मुद्दाको समाधान नभएसम्म मेक्सिकोमै पर्खनुपर्ने। - लाखौं कागजपत्रविहीन व्यक्तिहरूलाई देशनिकाला गर्ने योजना।
- रिमेन इन मेक्सिको नीति पुनर्स्थापना:
- कार्यकारी आदेश:
- बाइडेन शासनकालका ७८ कार्यकारी आदेश खारेज।
- संघीय कर्मचारीहरूलाई पूर्णकालीन कार्यालयमा फर्कन बाध्य पार्ने आदेश।
- नयाँ नियामक नियमहरू स्थगन गर्दै सरकारको पूर्ण नियन्त्रण सुनिश्चित।
- अन्तर्राष्ट्रिय सम्झौता र नीतिहरू:
- संयुक्त राष्ट्रसंघसँगको सम्झौताबाट फिर्ता हुने घोषणा।
- अमेरिकी ऊर्जा वर्चस्व कायम गर्दै महँगी घटाउने योजनाको प्राथमिकता।
“अमेरिका इज ब्याक”
ह्वाइट हाउसको आधिकारिक वेबसाइटमा ट्रम्प प्रशासनका प्राथमिकताहरूलाई प्रस्तुत गरिएको छ। “अमेरिका इज ब्याक” नारा सहित नयाँ नीति तथा प्राथमिकताहरूलाई मुख्य बिन्दु बनाइएको छ।
यस प्रशासनले सीमाहरूलाई सुरक्षित बनाउँदै अमेरिकी अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाउँदै ट्रम्पले अमेरिकालाई पुनः शक्तिशाली बनाउने लक्ष्य राखेका छन्।

































