
बझाङ: घरेलु तथा साना उद्योग कार्यालय बझाङको आयोजनामा १० दिने चुरापोते बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। “सिप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने उद्देश्यका साथ माघ ४ गतेदेखि सुरु भएको उक्त तालिम आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको थियो।

तालिम समापन कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मानबहादुर धामीले सहभागीहरूलाई सिकेको सिपलाई निरन्तरता दिन आग्रह गर्दै महिलाहरू आत्मनिर्भर बन्नेमा आफू विश्वस्त रहेको बताए।


तालिममा जिल्लाभरका १४ जना महिलाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले प्राप्त सीपलाई व्यवहारिक रूपमा उपयोग गर्ने तथा एडभान्स स्तरको तालिमसमेत लिन चाहेको बताएका छन्। यस क्रममा उनीहरूले कार्यालयलाई थप स्तरीय तालिमको व्यवस्था गर्न अनुरोध गरेका छन्।

































