
घटना व्यवस्थापन सम्बन्धी ४ दिने तालिम जयपृथ्बी नगरपालिकामा सुरु भएको छ । बालबालिका सम्बन्धी हुने घटनालाइ व्यवस्थित गर्न, समुदायमा आधारित बाल संरक्षण प्रणाली लाइ सक्रिय बनाउन, सिफारिस प्रणाली लाइ संस्थागत गराउन, ,बाल अधिकारको समितिको क्षमता विकास र बाल मैत्री स्थानीय शासन अभियान लाइ सफल पार्ने उदेश्यले उक्त तालिम प्रदान गर्न लागिएको बाल संरक्षण अधिकृत विनोद थापाले बताउनु भयो ।

प्रगतिशील युवा समाज र वल्र्डभिजन इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा नगरपालिका भित्रका वडा स्तरीय बाल अधिकार समितिका संयोजक ,सदस्य र पदाधिकारीहरू लाइ उक्त तालिम प्रदान गरिएको हो ।

कार्यक्रममा बाल संरक्षण सम्बन्धी राष्ट्रिय स्तरमा भएका व्यवहार बालविवाह अन्त्यका लागि बनाएका रणनीति बाल संरक्षण प्रणालीको लागि स्थानीय तहमा गर्नुपर्ने आवश्यकता पालिका वडामा गठन गरिने बाल अधिकार समितिको काम लगायत विविध विषयका बारेमा सहभागीहरूलाई जानकारी गराइने भएको छ ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लबराज जोशीले स्थानीय सरकार सँग हातेमालो गदै बालबालिकाको संरक्षण देखि भौतिक संरचना सँगै अन्य कार्य गदै आएको बताउनुभयो । साथै यस्ते तालिम अगाडी पनि दिइ सकेकाले यो पुनरताजकिय तालिम जस्तै भएको भन्दे बालबालिकाको क्षेत्रमा नजिक भएर काम गर्ने बाल अधिकार समिति भएकाले सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

उक्त तालिम उद्घाटन कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका नगर प्रमुख चेतराज बजालले नगरपालिकाका केही वडालाइ बाल मैत्री वडा घोषण गर्नुपर्ने भएकाले यसमा लागी रहेको बताउनुभयो । बाल मैत्री स्थानीय शासन बनाउन ५१ वटा सूचक पुरा गर्नुपर्ने भएकाले कति पुरा भैसकेको र कतिपय सूचक पुरा गर्ने प्रयासमा नगरपालिका लागी रहेको बताउनुभयो । सहभागीहरूले तालिमबाट धेरै कुरा सिक्ने आशा पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसि ले स्थानीय तहले नीति कार्यक्रमहरू निर्माण गर्दा बालबालिकाहरूको अर्थपुर्ण सहभागिता गराउनुपर्ने बताउनु भएको छ । तालिमको प्रशिक्षण प्रोगाइडेन्स नेपालबाट सुशील राज गिरी , राम प्रसाद दाहालले दिदै हुनुहुन्छ ।
पहिलो चरण अन्तर्गत जयपृथ्बी नगरपालिका वडा नम्बर ११ र ६ लाइ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिने लक्ष्य लिइएको छ ।































