बझाङको साइपाल गाउँपालिकामा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्धारा बैकको उद्घाटन

Image
Nisarga Hospital

बझाङः सङ्घीयता आएको सात वर्षपछि साइपाल गाउँपालिकामा बैङ्कको स्थापना गरिएको छ । एक कार्यक्रम बीच राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले साइपाल गाउँपालिका–१ धलौनमा एभरेष्ट बैङ्कको शाखा उद्घाटन गर्नुभयो ।

CP Hospital Dhangadhi

त्यस अवसरमा गभर्नर अधिकारीले साइपालबासीलाई एभरेष्ट बैङ्कको शाखा धलौनमा खाता खोल्न अनुरोध गर्नुभयो । ७५३ औँ स्थानीय तहमा वाणिज्य बैङ्कको शाखा स्थापना हुँदा सबै भन्दा राम्रो शाखा साइपालको रहेको र आफु स्वयं उपस्थित हुन पाउँदा खुसी लागेको समेत गभर्नर अधिकारीले बताउनुभयो ।

Attariya Hospital

उद्घाटन कार्यक्रममा साइपाल पुग्नुभएका एभरेष्ट बैङ्कका सञ्चालक समिति अध्यक्ष डा.बालगोपाल वैद्यले बैङ्क र वित्तीय उन्नतिका लागि बैङ्कको शाखा स्थापना गरिएको बताउनुभयो । साइपाल गाउँपालिका अध्यक्ष मानवीर बोहराले स्थानीयहरूलाई खाता खोल्न अनुरोध गर्दै अब पालिकाका सबै कामकाज साइपालमै बसेर गरिने बताउनुभयो ।

nawajiwan

‘साइपालमा बैङ्कको शाखा नहुँदा सानो रकमको भुक्तानी लिन पनि २,३ दिन पैदल हिँडेर सदरमुकाम चैनपुर पुग्नुपर्ने अवस्था थियो अब त्यो समस्या हट्या स्थानीयले बताएका छन् । एभरेष्ट बैङ्कको साइपाल गाउँपालिका–१ धलौनमा २०८१ साल असोज ९ गते कार्यालय स्थापना भए पनि औपचारिक रुपमा आज उद्घाटन भएको हो ।