
भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा १८ जनाको मृत्यु भएको छ भने कैयौँ मानिस घाइते भएका छन्। आइतबार बिहान प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा उक्त घटना भएको हो।

दिल्ली फायर सर्भिसले आपतकालीन कल प्राप्त गर्नासाथ तुरुन्तै ४ फायर इन्जिनहरू पठाएको थियो। उद्धारका लागि एम्बुलेन्सहरू खटाइएको छ भने रेलवे पुलिस र दिल्ली पुलिसले घाइतेहरूलाई लेडी हार्डिङ्ग अस्पतालमा भर्ना गराइरहेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारलाई समवेदना व्यक्त गरेका छन्।




अधिकारिहरूले घटनाको छानबिन गरिरहेका छन् भने यात्रुहरूको भीड नियन्त्रण गर्न आवश्यक उपायहरू अपनाइँदैछ।


































