
धनगढी ः नेपाली काँग्रेसका पुर्व उपसभापति गोपालमान श्रेष्ठले अहिलेको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत हुने अवस्था नदेखिएपछि कसरी संविधान शंसोधन गर्नुपर्ने अबस्था आएको बताए ।

उहाँले बर्तमान निर्वाचन प्रणाली सच्याउनका लागि पनि संविधान शंसोधन आवश्यक रहेको बताए । बिहिवार धनगढीमा आयोजित कार्यक्रता भेटघाट कार्यक्रममा पुर्व उपप्रधानमन्त्री समेत रहनुभएको नेता श्रेष्ठले प्रत्येक्ष निर्वाचनमा दलित, महिलाले चुनाव लडने वातावरण बनाउन संबिधानमा ब्यबस्था गर्नुपर्ने बताए । उहाँले २०८४ को चुनावमा नेपाली काँग्रेसले एकल प्रतिस्पर्धा गर्ने बताउँदै त्यतीवेला देशभर धेरैले अवसर पाउने बताउनुभयो ।

उहाँले २०८४ को निर्वाचनमा एमाले संगै मैत्रीपुर्ण प्रतिस्पर्धा हुने बताउनुभयो । पार्टिमा अनुशासनको कार्वाही नहुदा अराजकता मौलाएको उहाँको भनाई छ । उहाँले चुनावमा अन्तरघात गर्नेलाई कार्वाही गर्नैपर्ने अनिमात्र संगठन बलियो हुने बताउनुभयो । पुर्व उपसभापति श्रेष्ठले नेपाली काँग्रेसको १५ औँ महाधिवेशन २०८२ मा नहुने बताउदै २ ०८३ मा हुनेमा ढुक्क हुन आगह गर्नुभयो ।






























