
शुक्रबार आयोजित ज्ञान ज्योति विद्यालयको वार्षिकोत्सव समारोहमा युवा नेता समाजसेवी लोक राज पाण्डेय (आगो) ले विद्यालयको सफलताको शुभकामना व्यक्त गर्दै, यस विद्यालयले स्थापनाकाल देखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा आभार व्यक्त गरे।


वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता लोक राज पाण्डेय (आगो) ले नगर क्षेत्रमा नयाँ विद्यालय खोल्ने प्रतिस्पर्धाभन्दा गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयहरू आवश्यक रहेको धारणा राखे। उनले गोदावरी नगरपालिकामा शिक्षा प्रणाली सुधार गर्न संस्कार, संस्कृति, र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता रहेको बताए।
उनले नगरपालिकामा अझै पनि धेरै बालबालिका सानै उमेरमा बाबुआमासँग भारत जानुपर्ने बाध्यता रहेको र यसले उनीहरूको अध्ययनमा असर पर्ने भएको छ।त्यसैले, नगरपालिकाले “चाइल्ड केयर सेन्टर” र होस्टेल सहितको सुविधायुक्त व्यवस्थापनको योजना अघि बढाउनुपर्ने सुझाव दिए।
उनले सरकारी विद्यालयहरूको नतिजा कमजोर हुनु र निजी विद्यालयहरूमा उत्कृष्ट नतिजा आउनु निजी विद्यालयका टिमहरू बढी मिहिनेत गर्ने कारणले भएको उल्लेख गरे। साथै, विद्यालयहरूले आफ्नो कर्तव्य नबिर्सी विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा ध्यान दिनुपर्ने उनले बताए।

लोक राज पाण्डेय (आगो) ले विद्यालय २८ वर्ष पुग्दै गर्दा विद्यालयका संस्थापक जगवीर थापाले शिक्षा क्षेत्रको विकासका लागि निरन्तर समर्पित रही करिब २० हजारभन्दा बढी विद्यार्थीलाई शिक्षादान गर्दै उच्च शिक्षा प्रदान गरिरहेको योगदानको साथै, उनले विद्यालयले स्थानीय शिक्षा क्षेत्रमा पुर्याएको योगदान प्रति आभार व्यक्त गरे।
यस्तै आगो ले कार्यक्रममा नगरपालिकाले संस्थागत विद्यालयहरूसँग सहकार्य गर्दै शिक्षा सुधारका लागि गरिरहेको प्रयास प्रशंसनीय रहेको उल्लेख गरे।
यो पनि पढौ !
अत्तरियाको ज्ञान ज्योति माविले मनायो २८ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस































