
कोहलपुर : “ग्रामीण विकासको आधार, लघुवित्तको गुणात्मक विस्तार” भन्ने मूल नाराका साथ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड कोहलपुर क शाखा कार्यालयको मिति २०८१ साल फागुन १५ गते ग्राहक सुनुवाइ तथा इकाई भेला भव्यताका साथ सम्पन्न गरेको छ।


नेपालकै उत्कृष्ट लघुवित्त वित्तीय संस्थाहरू मध्ये एक मानिने छिमेक लघुवित्तले यस कार्यक्रम मार्फत ग्रामीण विकासमा आफ्नो योगदानलाई पुनः प्रमाणित गरेको छ। कार्यक्रमको सुरुवात कोहलपुर क शाखाका शाखा प्रबन्धक श्री संकल्प लामिछाने ले गर्नुभयो र उहाँले कार्यक्रम सुरुवात गरेपछि शाखा कार्यलयको कर्मचारीहरू साथै प्रादेशिक कार्यालय लुम्बिनी र केन्द्रिय कार्यालय बाट आउनु भएको अतिथिहरूले परिचय गरेपछि शाखा प्रबन्धक श्री संकल्प लामिछाने ले संस्थाको २०८१ माघ मसान्त सम्मको प्रतिवेदन प्रस्तुत गर्नुभयो।


उहाँले संस्थाको प्रगति र गतिविधिहरू बारे विस्तृत जानकारी गर्नुभयो। कार्यक्रममा संस्थाका प्रदेश प्रबन्ध रामनाथ महतोको विशेष उपस्थिति रहेको थियो ,उहाँले छिमेक लघुवित्तमा आबद्ध भएका सदस्यहरूलाई नेपालमा लघुवित्त वित्तीय संस्थाको भूमिका र आवश्यकताको बारेमा जानकारी दिँदै गरिब सदस्यहरूलाई सस्थाँ ले गरेको सहयोगबारे पनि व्याख्या गर्नुभयो।
उहाँले संस्थाको सामाजिक उत्तरदायित्व र सदस्यहरूको आर्थिक सशक्तीकरणमा केन्द्रित गतिविधिहरूबारे पनि प्रकाश पार्नुभयो।साथै केन्द्रिय कार्यालय प्रतिनिधी प्रेम नायजु ले गरिब तथा विपन्न वर्ग का सदस्यहरुलाई अझ वढी वित्तिय साक्षरता को आवश्यकता र महत्व रहेको वारेमा प्रकाश पार्नुभयो ।


उक्त कार्यक्रममा छिमेक लघुवित्त वित्तीय संस्थाका अनुगमन अधिकृत सन्जय राज विष्ट ले छिमेक ले दिने सेवा सुविधा को वारेमा जानकारी दिनुभयो ,त्यस्तै राजेन्द्र पन्थ बाट कर्जा तथा ब्याज दर र सूचना तथा प्रविधि सहायक रुपेश राज पन्थले छिमेकले ल्याएको डिजिटल कार्यक्रम को बारेमा जानकारी प्रदान गर्नुभयो।

कार्यक्रमको अन्त्यमा १० वटा उत्कृष्ट समूहलाई नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो भने उक्त समूहका १० जना छोरीलाई छात्रवृत्ति वितरण गरिएको थियो। साथै, उत्कृष्ट ३ जना सफल व्यवसायी सदस्यहरु लाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो। यसैगरी, २०८० को एसइइ परीक्षामा उत्कृष्ट जिपिए ल्याउन सफल भएका संस्थामा आवद्ध सदस्यको २ जना लाई रु १५००० नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा २ जना सदस्यहरू का छोरीहरु ले नृत्य प्रस्तुत गरेका थिए भने उनीहरूलाई शुभकामना सहित नगद पुरस्कार प्रदान गरिएको थियो। यस कार्यक्रमले छिमेक लघुवित्त वित्तीय संस्थाको सदस्यहरूको आर्थिक र सामाजिक उन्नतिमा गरेको योगदानलाई प्रकाशमा ल्याएको छ। छिमेक लघुवित्त वित्तीय संस्था नेपालकै उत्कृष्ट लघुवित्त संस्थाको रूपमा परिचित छ र यसले गरिब तथा आर्थिक रूपमा कमजोर वर्गलाई आर्थिक सहयोग पुर्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।





























