
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोसँग व्यापार सम्झौताका लागि वार्ता गर्ने भएका छन्।

अमेरिकाले मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा अतिरिक्त कर लगाएको भोलिपल्ट अमेरिकी वाणिज्य मन्त्री होवार्ड लुटनिकले वार्ताबारे जानकारी दिएका हुन्।
अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेपछि ती दुई देशले पनि प्रतिकारस्वरूप समान कदम चालेका छन्।


क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ३० अर्ब अमेरिकी डलर बराबरको सामानमा २५ प्रतिशत कर लगाउने योजना घोषणा गरेका छन्। साथै, २१ दिनभित्र थप १२५ अर्ब अमेरिकी डलर बराबरको सामानमा कर लगाउने योजना रहेको उनले जनाएका छन्।
यसैबीच, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सियन बोउमले आइतबार आफ्नो देशको प्रतिकार योजना सार्वजनिक गर्ने बताएकी छिन्।
































