ट्रम्पद्वारा हमासलाई कडा चेतावनी: ‘बन्दी रिहा नगरिए परिणाम गम्भीर हुनेछ’

Image
Nisarga Hospital

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दी रिहा गर्न चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत हमासले तुरुन्तै बन्दीहरू रिहा नगरे गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्।

CP Hospital Dhangadhi

‘मैले इजरायललाई यो काम पूरा गर्न आवश्यक सबै सहयोग उपलब्ध गराएको छु। यदि मेरो भनाइ अनुसार नगर्ने हो भने हमासको एक सदस्य पनि बाँकी रहने छैन,’ ट्रम्पले आफ्नो पोस्टमा उल्लेख गरेका छन्।

हमास र अमेरिकी अधिकारीहरूबीच प्रत्यक्ष वार्ताको सम्भावना बढेपछि ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। उनले हमासलाई हरेक बन्दीलाई रिहा गर्न तथा मृतकको शव तत्काल हस्तान्तरण गर्न निर्देशन दिएका छन्। साथै, हमास नेतृत्वलाई गाजा छोड्न समेत भनेका छन्।

nawajiwan
Attariya Hospital

ट्रम्पले गाजाका सर्वसाधारणलाई पनि चेतावनी दिँदै ‘तिमीहरूका लागि सुन्दर भविष्य पर्खिरहेको छ, तर यदि बन्दीहरू रिहा गरिएन भने त्यो सम्भव हुने छैन’ भनेका छन्। साथै, उनले बन्दीहरूमध्ये जो कोही पनि मर्न सक्ने चेतावनी दिएका छन्।

प्यालेस्टिनी स्रोतका अनुसार हालसम्म हमास र अमेरिकी अधिकारीहरूबीच दुई पटक वार्ता भइसकेको छ। बीबीसीले यो विषयमा विस्तृत समाचार प्रकाशित गरेको छ।