
हाल देशमा पश्चिमी वायु र स्थानीय वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो:
- देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।
- कोशी, गण्डकी, र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा सम्भावित।
- उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुन सक्छ।
आज राति:
- पहाडी भूभागमा आंशिक बदली रहनेछ।
- गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना।
सतर्कता:
- कोशी, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।
































