
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पाँच लाखभन्दा बढी आप्रवासीको अस्थायी कानुनी मान्यता खारेज गर्ने तयारी गरेको छ।


सङ्घीय सरकारले २४ अप्रिलसम्म ती आप्रवासीहरू अवैध ठहरिने भएकाले त्यसअघि नै अमेरिका छाड्न सूचना जारी गरेको छ।
यसअघि, बाइडेन प्रशासनले सिएचएनभी कार्यक्रम अन्तर्गत ५ लाख ५३ हजार आप्रवासीलाई अमेरिका ल्याएको थियो। सन् २०२२ मा बाइडेनले भेनेजुएलाका नागरिकका लागि यो कार्यक्रम सुरु गरेका थिए, जसपछि अन्य देशहरूमा समेत विस्तार गरिएको थियो।
शुक्रबार, ट्रम्प प्रशासनले बाइडेनको कार्यक्रमका कारण अमेरिकी नागरिकहरूको अवसर गुमेको भन्दै नयाँ सूचना जारी गरेको हो। यो निर्णय क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाबाट अमेरिका पुगेका आप्रवासीहरूमा प्रत्यक्ष असर पार्नेछ।
त्यस्तै, रुस-युक्रेन युद्धका कारण अमेरिका पुगेका करिब २ लाख ४० हजार युक्रेनी आप्रवासीको अस्थायी कानुनी मान्यता पनि खारेज गर्ने योजना ट्रम्प प्रशासनले बनाएको जनाइएको छ।































