एमालेले सुदूरपश्चिमका सबै जिल्लामा शक्ति प्रदर्शन गर्ने

Image
Nisarga Hospital

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा एकसाथ शक्ति प्रदर्शन गर्ने भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको समर्थनमा एमालेले सोमबार प्रदेशका ९ वटै जिल्लामा मोटरसाइकल ¥याली तथा जागरण सभा आयोजना गर्ने तयारी गरेको छ।

CP Hospital Dhangadhi

एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दका अनुसार, पार्टीको निर्णयअनुसार गणतन्त्रको पक्षमा जनमत अभिवृद्धि गर्न शक्ति प्रदर्शन गर्न लागिएको हो। कैलालीमा मात्रै तीन स्थानमा मोटरसाइकल ¥याली निकाल्ने योजना रहेको छ। अत्तरियादेखि धनगढीसम्म, घोडाघोडी र टीकापुरमा छुट्टाछुट्टै ¥याली आयोजना गरिनेछ। अत्तरियादेखि धनगढीसम्मको ¥याली दिउँसो २ बजे सुरु हुने सचिव चन्दले जानकारी दिए।

Attariya Hospital

पहिलो चरणमा मोटरसाइकल ¥याली तथा जागरण सभा सम्पन्न गरेपछि एमालेले चैत २९ गते धनगढीमा विशेष जनसभा गर्ने तयारी गरिरहेको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एमालेले शक्ति प्रदर्शन गर्ने लक्ष्य लिएको छ। जनसभालाई पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ।

nawajiwan