आईपीएल क्रिकेटमा आज बेङलोर र गुजरात भिड्दै

Image
Nisarga Hospital

भारतमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज रोयल च्यालेन्जर ९आरसिबी० र बेङलोर गुजरात टाईटनबिच प्रतिष्पर्धा हुदैछ ।

CP Hospital Dhangadhi

खेल बेलुकी पौने ८ बजेदेखि बेङलोरको एम चिन्नस्वामी स्टेडियममा सुरु हुनेछ । बेङलोरको कप्तानमा रजत पाटीदार छन् भने गुजरातको कप्तानी शुभमन गिलले गरिरहेका छन । गुजरातले हालसम्म २ खेल खेल्दा १ मा जित र १ मा हार बेहोरेको छ ।

Attariya Hospital

एक खेल जितेको गुजरात अंक तालिकामा २ अंक सहित चौथो स्थानमा छ । यता २ खेल नै खेलेको बेङलोरले २ खेल नै जितेको छ । २ खेलमा ४ अंक सहित बेङलोर अंक तालिकको शिर्ष स्थानमा छ ।
आजको खेल जितेर आफूलाई अंक तालिकामा अगाडी ल्याउने कोसिसमा गुजरात हुनेछ भने आफ्नो शिर्ष स्थान कायमै राख्नका लागि बेङलोरले जितको कोसिस गर्नेछ ।

nawajiwan

यी दुई टोलीहरु हालसम्म आमनेसामने हुँदा ३ चोटी बेङलोर २ चोटी गुजरातले जित हासिल गरेका छन ।