वन मन्त्रीको बिवादीत अडियोबारे सरकारले छानविन गरिरहेको छ : मुख्यमन्त्री शाह (भिडियो सहित)

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले केही दिन पहिले सार्वजनिक भएको बिवादीत अडियोबारे प्रदेश सरकारले छानबिन गरिरहेको बताएका छन । शुक्रबार कैलालीको घोडाघोडी तालक्षेत्रमा आयोजित कैलाली जिल्ला समन्वय समितिको नवौं जिल्ला सभा समारोह उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन ।

CP Hospital Dhangadhi

Attariya Hospital

मुख्यमन्त्री शाहले प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीको बिवादित अडियो बारे सरकार छानबिनमा लागेको बताउदै शून्य सहनशिलताका विषयमा कसैसँग कुनै कम्प्रोमाइज नगर्ने बताए । ‘केही दिनअघि बिवादित अडियो सार्वजनिक भयो र सम्बन्धित मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुभयो’, मुख्यमन्त्री शाहले भनें, ‘भष्ट्राचारका सन्दर्भमा प्रदेश सरकार शून्य सहनशिलताको नीति लिएर अगाडी बढेको कुरा प्रष्ट हुन्छ ।’

nawajiwan

बिवादित अडियोको सन्दर्भमा सम्बन्धित निकायले स्वतन्त्र र निष्पक्ष छानबिनलाई अगाडि बढिरहेको भन्दै अनुसन्धान र छानबिनमा सरकारले सहयोग गर्ने मुख्यमन्त्रीले बताए । उनले दोषीले उन्मूक्ति नपाउने दाबी गरेका थिए । ‘अख्तियारले छानविन प्रकृया अगाडि बढाइसकेको छ, यसमा प्रदेश सरकारको सहयोग र समन्वय हुन्छ’ मुख्यमन्त्री शाहले भने । संसद सुचारु गर्न पटक–पटकको सर्वदलिय बैठक बसेको बताउँदै मुख्यमन्त्री शाहले सदन अवरुद्ध गरेर समस्या समाधान नहुने बताए । उनले प्रतिपक्षसँग संवाद र सहकार्यबाट संसद सूचारु हुनेमा बिश्वास व्यक्त गरेका थिए ।