आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सको खराब लय कायम, लखनउसँग १२ रनले पराजित

Image
Nisarga Hospital

यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सको निराशाजनक प्रदर्शन जारी छ। शुक्रबार लखनउ सुपर जायन्ट्ससँगको खेलमा मुम्बई १२ रनले पराजित भयो।

CP Hospital Dhangadhi

लखनउले टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २०३ रनको चुनौतीपूर्ण योगफल खडा गर्‍यो। जवाफमा मुम्बई ५ विकेट गुमाउँदै १९१ रनमै सीमित भयो।

मुम्बईका लागि सूर्यकुमार यादवले ४३ बलमा ६७ रन बनाए भने नमन धिरले २४ बलमा ४ चौका र ३ छक्का सहित ४६ रनको योगदान गरे। कप्तान हार्दिक पाण्ड्या अविजित रहँदै १६ बलमा २८ रन जोडे। तिलक वर्माले भने २३ बलमा २५ रन मात्र बनाउन सके।

nawajiwan

खेलमा निर्णायक भूमिका खेलेका लखनउका दिगवेश राठीले चार ओभरमा २१ रन खर्चेर एक विकेट लिँदै उत्कृष्ट स्पेल प्रस्तुत गरे। उनले नमन धिरलाई नवौँ ओभरको पहिलो बलमै बोल्ड गर्दै मुम्बईको पारीमा ब्रेक लगाए। राठी प्लेयर अफ द म्याच घोषित भए।

Attariya Hospital

लखनउका मिचेल मार्शले ३१ बलमा ६ चौका र ३ छक्कासहित ६० रन बनाए। उनले आइडन म्याक्रमसँग ७ ओभरमा ७६ रनको उत्कृष्ट साझेदारी गरे। म्याक्रमले ३८ बलमा ५३ रन जोडे भने डेभिड मिलरले १४ बलमा २७ रन प्रहार गरे।

मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले चार ओभरमा ३६ रन खर्चेर ५ विकेट लिँदै बलिङतर्फ प्रभावशाली प्रदर्शन गरे। लखनउका ऋषभ पन्त मात्र २ रनमा आउट भए।

अंक तालिकामा लखनउ ४ अङ्कसहित छैटौँ स्थानमा पुगेको छ भने मुम्बई २ अङ्कसहित सातौँ स्थानमा सीमित छ।