मालिकार्जुन गाउँपालिकाले शिक्षकको तलब भत्ता मासिक भुक्तानी दिने

Image
Nisarga Hospital

दार्चुलाको मालिकार्जुन गाउँपालिकाले आफ्नो पालिका भित्रका शिक्षक तथा विद्यालय कर्मचारी हरूको मासिक तलब भत्ता सिधै ब्यक्तिगत खातामा भुक्तानी हुने व्यवस्था मिलाएको छ ।

CP Hospital Dhangadhi

गाउँपालिकाले EFT (इलेक्ट्रिक फण्ड ट्रान्सफर ) प्रणाली मार्फत सबै शिक्षक तथा विद्यालय कर्मचारीहरूको तलब भत्ता मासिक रूपमा सम्बन्धित कर्मचारीको खातामा पठाउने व्यवस्था मिलाएको हो ।
गाउँपालिकाले बुधबार एउटा सूचना जारी गर्दै

उक्त व्यवस्था लागु गरिएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले आफ्नो पालिकाको उक्त प्रयासले शिक्षा क्षेत्रमा कार्यरत जनशक्तिको मनोबल उच्च राख्दै शैक्षिक गुणस्तर सुधारमा समेत टेवा पुग्ने बताउनु भयो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

देशै भरिका अधिकांश स्थानीय तहहरूले आफ्नो स्थानीय तहमा कार्यरत शिक्षकहरूको तलब त्रैमासिक रूपमा एकमुष्ट भुक्तानी दिने गरेका छन् ।

जसका कारण शिक्षकहरूले आफ्नो पारिश्रमिक पाउन समेत तीन महिना कुर्नुपर्ने बाध्यता रहेको छ ।
मालिकार्जुन गाउँपालिकाले शुरू गरेको मासिक रूपमा शिक्षक कर्मचारीको व्यक्तिगत खातामा भुक्तानी दिने अभ्यास लाई देशका अन्य पालिका हरूले समेत अनुशरण गरेमा यसले शैक्षिक सुधारका लागि सहयोग पुग्ने देखिन्छ।

Dhnagadhi & Krishanapur