
धनगढीः ऐश्वर्य वहुमुखी क्याम्पसको १९ औँ वार्षिकोत्सव एवम्अभिभावक दिवस सम्पन्न भएको छ । त्रिविमा आवद्ध सामुदायिक ऐश्वर्य क्याम्पसको वार्षिकोत्सव एवम् अभिभावक दिवस मंगलबार (आज) एक कार्यक्रमका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा क्याम्पस प्रमुख धर्मदेव भट्टले ऐश्वर्य बहुमुखी क्याम्पसमा बीबीए लगायतका प्रोग्रामहरू सञ्चालनका लागि कार्यक्रमका प्रमुख अतिथि तथा त्रिवि व्यवस्थापन संकायका विभागीय प्रमुख प्राध्यापक डा. महानन्द चालिसेसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा व्यवस्थापन संकायका विभागीय प्रमुख प्राध्यापक डा. महानन्द चालिसेले सुदूरपश्चिम प्रदेशभरि त्रिबीबाट सम्बन्ध प्राप्त क्याम्पसहरू एउटामा पनि बिबिए प्रोग्राम नहुनुले सुदूरपश्चिमलाई न्याय नभएको बताउए । उहाँले जति सक्दो चाँडै नै बिबिए लगायतका प्रोग्रामहरू ऐश्वर्य बहुमुखी क्याम्पसमा ल्याउन पहल गर्ने बताए ।

समारोहमा बोल्दै ऐश्वर्य वहुमुखी क्याम्पसका क्याम्पस सञ्चालन समितिका अध्यक्ष निर्प बहादुर वडले क्याम्पसलाई आवश्यक बिबिए लगायतका प्रोग्रामहरू उपलब्ध गराइदिन आग्रह गर्दै आफूले पनि निरन्तर यसका लागि प्रयास गरिरहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका विभागीय प्रमुख प्रा डा। महानन्द चालिसेको प्रमुख आतिथ्यतामा तथा क्याम्पस सञ्चालन समितिका अध्यक्ष तथा धनगढी उपमहानगरपालिकाका पूर्व नगरप्रमुख निर्पबहादुर वडको अध्यक्षता भएको थियो । कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार हेमराज पन्त लगायत विभिन्न शिक्षाप्रेमी, राजनीतिक तथा समाजसेवी व्यक्तिहरूको उपस्थिति रहेको थियो।































