मन्त्री खड्का द्वारा बाजुरेली सेवा समाज धनगढीको भित्तेपात्रो बिमोचन

Image
Nisarga Hospital

धनगढीः बाजुरेली सेवा समाज धनगढीको भित्तेपात्रो बिमोचन गरिएको छ । शनिबार धनगढीमा आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले भित्तेपात्रोको बिमोचन गरेका हुन । कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री खड्काले समाजले आपसी सद्भाव र भातृत्व कायम राख्न सफल भएको बताए । समाज निर्माण लोकतान्त्रिक उपलब्धिको उपज भएको उल्लेख गर्दै उनले संस्कृति संरक्षणसँगै विकासमा समाजको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।

CP Hospital Dhangadhi

“धेरै ठूलो परिवर्तन नभए पनि हिजोको तुलनामा आज धेरै परिवर्तन भएको छ,” मन्त्री खड्काले भने । उनले विश्व परिवेश हेर्दा केही निराशाजनक पक्ष देखिए पनि समग्रमा नेपालमा पनि विकास र परिवर्तनको लहर चलिरहेको उल्लेख गरे । उनले आफुले मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत गरे । समाजले जन्मभूमिका लागि पनि केहि योगदान गर्न आवश्यक रहेको उनले औल्याए । बाजुरेली सेवा समाजले धनगढीमा गरेको भित्तेपात्रो बिमोचन कार्यक्रममा मन्त्री खड्काले बाजुरा जिल्लाभित्र धेरै सम्भावना रहेको बताउँदै संस्कृति र संस्कारको संरक्षणसँगै मूल थलोको विकासमा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

Attariya Hospital

भित्तेपात्रो बिमोचन कार्यक्रममा सुदूरपश्चिम प्रदेशको पूर्व मन्त्री समेत रहेकी सांसद सन्तोषी शर्मा, सांसद पदम शाही, समाजका पदाधिकारी, बैतडी समाजका अध्यक्ष, अछाम सेवा समाज उपाध्यक्ष र पत्रकारको उपस्थिति रहेको थियो ।‘कला संस्कृति हाम्रो पहिचान, संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने मुल विचारलाई आत्मसाथ गर्दै स्थापना भएको समाजले संस्कृति संरक्षणमा ठुलो सहयोग गरि गरेको छ । धनगढीमा भुँवा नाचलाई सबै माझ पु¥याउन समेत बाजुरेली समाज लागि परेको छ । समाजका उपाध्यक्ष रामचन्द्र जोशीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव हर्क ओलीले गरेका हुन । कार्यक्रममा समाजका निर्वतमान पदाधिकारीहरु र समाजलाई विभिन्न कार्यमा सहयोग गर्नेहरुलाई कदरपत्र दिएर सम्मान समेत गरिएको थियो । 

nawajiwan