बझाङमा ट्राफिक व्यवस्थापनमा उल्लेखनीय योगदान प्रहरीनिरिक्षक बिष्ट सम्मानित

Image
Nisarga Hospital

रमेश बहादुर सिंह /बझाङ: बझाङ जिल्लाको समग्र यातायात तथा ट्राफिक व्यवस्थापनमा उल्लेखनीय योगदान पुयाएको भन्दै आज प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका अध्यक्ष कैलाश ठकुराठी बाट प्रहरी सहायक निरीक्षक श्री विनोद कुमार बिष्ट सम्मानित भएका छन्।

CP Hospital Dhangadhi

जिल्ला ट्राफिक प्रहरी कार्यालय, बझाङका प्रमुखसमेत रहेका बिष्टलाई ट्राफिक व्यवस्था सुधार, सवारी साधन नियन्त्रण, जनचेतनामूलक कार्यक्रम सञ्चालन लगायत विविध कार्यका लागि प्रशंसापत्रसहित सम्मान गरिएको हो।

जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारीको हातबाट बिष्टलाई सम्मानपत्र प्रदान गरिएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

उनको यो सम्मानले जिल्लामा ट्राफिक व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका सुरक्षाकर्मीहरूलाई थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

यो सम्मान बाट ट्राफिक प्रहरी अझै जिल्ला सक्रिय रुपमा लाग्ने अनुभूति गरिन्छ। पछिल्लो समयमा ट्राफिक कार्यालय बझाङले जिल्लामा निकै महत्त्वपुर्ण कार्यक्रम गरेको पाइन्छ।
Ramesh

Dhnagadhi & Krishanapur