पाकिस्तानी बमबारीपछि भारत तीनै मोर्चामा हाई अलर्टमा, १५ को मृत्यु

Image
Nisarga Hospital

पाकिस्तानको जवाफी कारबाही सुरू भएपछि भारतले वायु, समुद्र र स्थल—तीनै क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाएको छ। जम्मु–कश्मीर सीमावर्ती गाउँमा पाकिस्तानी सेनाले गरेको बमबारीमा १५ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएपछि भारतले हाई अलर्टको रणनीति लागू गरेको हो।

CP Hospital Dhangadhi

समाचार एजेन्सी पीटीआईको हवाला दिँदै टाइम्स अफ इन्डियाले उल्लेख गरेअनुसार, पाकिस्तानी सेनाले अग्रिम गाउँहरूलाई लक्षित गर्दै गरेको बमबारीमा चार बालबालिका र एक सैनिकसहित १३ जनाको ज्यान गएको छ। बाँकी दुईको मृत्युपनि बमबारीकै क्रममा भएको पुष्टि गरिएको छ।

भारतीय रक्षा मन्त्रालयले पाकिस्तानबाट थप आक्रमण हुन सक्ने आँकलनका आधारमा सम्पूर्ण सुरक्षायन्त्रलाई तयार अवस्थामा राखिएको जनाएको छ। यता, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले पहलगाममा भारतीय पर्यटकको हत्या भएको घटनापछि भारतले आक्रमण शुरू गरेकाले पाकिस्तानले जवाफ दिएको दाबी गरेका छन्।

nawajiwan
Attariya Hospital

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री सरिफले “भारतले गरेको आक्रमणको जवाफस्वरूप हामीले पनि प्रतिआक्रमण गरेका हौं,” भन्दै भारतीय फाइटर विमान खसालेको दाबी पनि गरेका छन्। यद्यपि भारतले यसबारे औपचारिक पुष्टि गरिसकेको छैन।

भारतले बुधबार राति क्षेप्यास्त्रसहितको हवाई आक्रमण गरेपछि तनाव चुलिएको हो। भारतले यस आक्रमणलाई पहलगामको घटनामा भारतीय नागरिकहरूमाथि भएको आमहत्याको जवाफ भनेको छ। तर, पाकिस्तानले उक्त हमलामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।