सुदूरपश्चिम माओवादी संसदीय दलको विवाद १६ महिनादेखि समाधानविहीन

Image
Nisarga Hospital

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखिएको विवाद १६ महिनासम्म पनि समाधान हुन सकेको छैन। विवाद समाधानका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुईपटक काठमाडौँमा प्रदेशसभा सदस्यहरूलाई बोलाएर छलफल गरे पनि सहमति जुट्न सकेको छैन।

CP Hospital Dhangadhi

बुधबारका लागि तय गरिएको अर्को छलफल पनि अन्तिम समयमा आएर स्थगित गरिएको सुदूरपश्चिम प्रदेशसभा सदस्य शिवसिंह ओलीले जानकारी दिए। अध्यक्ष प्रचण्डले बुधबार दिउँसो १ बजे पार्टीको सबै प्रदेशसभा सदस्यलाई खुमलटारमा छलफलका लागि बोलाएका थिए। तर उनी अस्वस्थ भएकाले बैठक स्थगित गरिएको प्रचण्डका सल्लाहकार गोविन्द आचार्यले बताएका छन्।

विवादको सुरुवात २०७९ माघ १२ गते खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाइएको निर्णयपछि भएको हो। उक्त निर्णयमा प्रदेशसभा सदस्यहरूबीच मत विभाजन भएपछि विवाद चुलिएको हो।

nawajiwan
Attariya Hospital

हाल संसदीय दलमा पाँच–पाँच जना सांसद दुई धारमा विभाजित छन्। भट्टको पक्षमा शिवसिंह ओली, झपट साउद, रमेश धामी, र जानकी पौडेल कुँवर छन्। उता, धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट, लक्ष्मी विक, र गीता छन्। धामीलाई पूर्वसहयोगी ओलीले साथ छाडेपछि दुबै पक्षको संख्या बराबर भएको छ।

अध्यक्ष प्रचण्डले प्रदेश संसदीय दलको नेता परिवर्तन गर्न दुईपटक लिखित निर्देशन पठाए पनि कार्यान्वयन नभएपछि उनले प्रत्यक्ष चासो दिएका हुन्। पछिल्लो फागुन १४ गते पनि प्रचण्डले सबै सदस्यलाई बोलाएर आफू कैलाली पुग्नुभन्दा अघि विवाद टुंग्याउन निर्देशन दिएका थिए। तर उनी दुईपटक कैलाली पुगिसक्दा पनि विवाद भने कायम नै रहेको छ।

दलको नेता परिवर्तनसम्बन्धी केन्द्रको निर्देशनप्रति प्रदेशस्तरका नेताहरूको उदासीनता देखिएपछि अब प्रचण्डले सहमतिका आधारमा समस्या समाधान गर्ने प्रयास गरिरहेका छन्। तर स्वास्थ्य अवस्था कमजोर भएकाले तत्काल छलफल सम्भव नभएको जनाइएको छ।