भारत–पाकिस्तान युद्धको सङ्केतबीच अमेरिकी उपराष्ट्रपतिको चिसो प्रतिक्रिया: ‘हामी युद्धमा संलग्न हुने छैनौं’

Image
Nisarga Hospital

भारत–पाकिस्तानबीच चुलिँदो सैन्य संघर्षको बीचमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले स्पष्ट रूपमा अमेरिकी भूमिका सीमित रहने संकेत दिएका छन्। विश्व सामरिक अस्थिरता गहिरिँदै जाँदा अमेरिका भने दर्शक मात्र रहने संकेत दिँदै कूटनीतिक अपिलमा सीमित भएको छ।

CP Hospital Dhangadhi

फक्स न्यूजसँगको अन्तर्वार्तामा उपराष्ट्रपति भेन्सले भने, “हामी मूलतः यो युद्धमा सामेल हुने छैनौं। यो हाम्रो काम होइन।” उनले दुवै मुलुकलाई संवाद र तनाव न्यूनिकरणका लागि प्रोत्साहन गर्ने बाहेक अन्य भूमिका नखेल्ने अमेरिकाको नीति स्पष्ट पारे।

कूटनीतिक भाषा, ठोस हस्तक्षेप होइन
भेन्सले अमेरिका यो समस्याको समाधान कूटनीतिक उपायबाट खोज्न चाहन्छ भने पनि, भारत र पाकिस्तानबीचको युद्ध सम्भावना आणविक त्रासमा परिणत नहोस् भन्ने ‘आशा’ मात्र व्यक्त गरेका छन्। यसले अमेरिकी कूटनीतिक सक्रियताको गम्भीरता माथि प्रश्न उठाइरहेको छ।

nawajiwan
Attariya Hospital

आतंककारी हमलाको छायामा अमेरिकी चुप्पी
२२ अप्रिलमा भारतको पहलगाममा भएको चरमपन्थी हमलामा २७ जनाको ज्यान गएको थियो। उक्त हमलाका बेला भेन्स आफ्नी पत्नी र छोराछोरीसँग भारतमै थिए। त्यही घटनालाई आधार मानेर भारतले मंगलबार राति पाकिस्तानमा सैन्य आक्रमण गरेको हो।

तर, आफ्नो नागरिक तथा परिवारसमेत जोखिममा परेको अवस्थामा समेत अमेरिकाले ठोस र कडा समर्थन जनाउन नसक्नु अन्तर्राष्ट्रिय स्तरमा आलोचित हुन थालेको छ।