पश्चिमी सीमाभर आक्रमण: पाकिस्तानी सेनाको मध्यरातको एकसाथ धावा, भारतले भन्यो– प्रभावकारी प्रतिकार भयो

Image
Nisarga Hospital

भारतीय सेनाको अतिरिक्त जनसूचना महानिर्देशनालय (ADG PI) ले बुधबार राति (८ र ९ मेको मध्यरात) पाकिस्तानले सम्पूर्ण पश्चिमी सीमामा व्यापक आक्रमण गरेको पुष्टि गरेको छ। सेनाका अनुसार पाकिस्तानी सशस्त्र बलले ड्रोन, क्षेप्यास्त्र र अन्य आधुनिक हतियारहरूको प्रयोग गरी जम्मु–कश्मीरको नियन्त्रण रेखा आसपास निरन्तर युद्धविराम उल्लंघन गर्दै आक्रमणहरू सञ्चालन गरेका थिए।

CP Hospital Dhangadhi

भारतीय सेनाले सामाजिक सञ्जाल ‘एक्स’मार्फत भिडियो सार्वजनिक गर्दै भन्यो, “पाकिस्तानी सेनाले एकैसाथ व्यापक हमला गरे पनि हाम्रो सुरक्षा संयन्त्रले ती आक्रमणहरू प्रभावकारी रूपमा निष्क्रिय पार्‍यो। युद्धविराम उल्लंघनको पनि कडा जवाफ दिइएको छ।”

Attariya Hospital

बीबीसीको रिपोर्ट अनुसार राति ११ बजेतिर उरी सेक्टरमा भारी गोलीबारी भएको थियो। पाकिस्तानी हमलाको निशाना बन्दै सीमा नजिकका आवासीय क्षेत्रहरूमा क्षति पु¥याउने प्रयास गरिएको थियो। जम्मू–कश्मीरका अन्य सीमावर्ती क्षेत्रहरूमा पनि पूर्ण रूपमा ब्ल्याकआउट गरिएको जनाइएको छ।

nawajiwan

यसबीच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आक्रमणको जिम्मेवारी अस्वीकार गर्दै भनेका छन्, “हामीले केही गरेका छैनौं। जब पाकिस्तान आक्रमण गर्छ, सबैलाई थाहा हुनेछ।”