
देशप्रेम व्यक्त गर्ने गीत ‘केही गर्नु छ देशका लागि असल भक्तले’ मार्फत उदीयमान गायक श्रीकान्त राणा क्षेत्रीले तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा सम्मान प्राप्त गरेका छन्।

बैतडी स्थायी घर भएका क्षेत्रीको लागि यो पहिलो राष्ट्रिय स्तरको अवार्ड हो। संगीत यात्रा सुरु गरेका उनलाई यो उपलब्धिले ऊर्जा र प्रेरणा थपेको छ। “म एक सिक्दै गरेको, घुँडा टेक्दै अघि बढिरहेको कलाकार हुँ,” श्रीकान्तले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “तपाईंहरूको अमूल्य भोटले आज म यो सम्मानको हकदार बन्न सकेको छु।”
देशभक्तिपूर्ण सन्देश बोकेको गीतबाट सम्मान पाएका श्रीकान्तले अवार्डसँगै जिम्मेवारी बढेको महसुस गर्दै आगामी दिनमा अझ समर्पण र लगनसाथ संगीत क्षेत्रमा लागिरहने प्रतिबद्धता जनाएका छन्।






































