
नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नयाँ सदस्यको रूपमा नियुक्त भएका छन्।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व पौडेलको राजीनापछि रिक्त रहेको पदमा पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो।

गभर्नर सिफारिस समितिको संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल रहेका छन् भने समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी पनि सदस्यका रूपमा छन्।






























