३ अर्बको भ्रष्टाचार मुद्दा दर्ता भएपछि सांसद मोहन बस्नेत निलम्बित

Image
Nisarga Hospital

३ अर्बभन्दा बढी रकमको भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता भएलगत्तै नेपाली कांग्रेसका नेता तथा सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट स्वतः निलम्बित भएका छन्।

CP Hospital Dhangadhi

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जना व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन्।

Attariya Hospital

प्रचलित ऐनको दफा ३३ अनुसार भ्रष्टाचार मुद्दा दर्ता भएको अवस्थामा सम्बन्धित सार्वजनिक पदधारीको पद स्वतः निलम्बनमा जाने व्यवस्था छ।

nawajiwan

२०७९ सालको निर्वाचनमा बस्नेत सिन्धुपाल्चोक–२ बाट प्रत्यक्ष निर्वाचित सांसद बनेका थिए। अब उनीमाथि अदालतको अन्तिम फैसला नआएसम्म संसद्को कुनै अधिकार प्रयोग गर्न पाउने छैनन्।