अत्तरियामा विषादी भेटिएको तरकारी नष्ट, सचेत रहन आग्रह

Image
oplus_0
Nisarga Hospital

अत्तरिया: कैलालीको अत्तरियास्थित तरकारी हाटबजारमा विषादी अवशेष द्रुत विश्लेषण इकाईले उपभोग अयोग्य (रेड लेवल) तरकारी भेटिएको छ। शुक्रबार खानीडाँडाबाट ल्याइएको बन्दामा अत्यधिक मात्रामा विषादी भेटिएपछि जनप्रतिनिधिको रोहबरमा ६५ किलोभन्दा बढी बन्दागोभी नष्ट गरिएको हो।

CP Hospital Dhangadhi
oplus_0

उक्त इकाईका नासु राजेन्द्र खतिवडाका अनुसार बन्दामा ९९.१११% अर्गानोफस्फेट र १.६०६७% कार्बामेट विषादीको अंश फेला परेको थियो। वैज्ञानिक मापदण्डअनुसार अर्गानोफस्फेटको ३५% भन्दा कम मात्रा सुरक्षित मानिन्छ भने ४५% भन्दा बढी भएमा नष्ट गर्नुपर्ने हुन्छ। यस आधारमा उक्त बन्दागोभी उपभोगका लागि अयोग्य ठहरिएको हो।

nawajiwan
oplus_0

गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टका अनुसार बजारमा दैनिक जाँचको क्रमलाई निरन्तरता दिइँदै आएको छ। उपभोक्तालाई विषादीमुक्त तरकारी तथा फलफूल मात्र उपभोग गर्न र प्रमाणित सामान रोज्न आग्रह गरिएको छ। पछिल्लो समय बजारमा असामान्य रूपमा पाकेको देखिने आँपहरू आइपुगेको भन्दै उपभोगमा सतर्कता अपनाउन सुझाव दिइएको छ।

Attariya Hospital
oplus_0

तरकारी तथा फलफूल हाटबजार समिति अध्यक्ष दिल्लीराज जोशीले बाहिरी क्षेत्रबाट आउने तरकारी र फलफूलमा निगरानी कडाइका साथ अगाडि बढाइने बताएका छन्। साथै, कृषकहरूलाई विषादी प्रयोगबारे सचेत गराउनुपर्ने आवश्यकता पनि औँल्याएका छन्।
यस कार्यविधिले उपभोक्ताको स्वास्थ्य सुरक्षासँगै विषादी प्रयोग नियन्त्रणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

oplus_2
oplus_0